विवादित बनेकाे लक्ष्मी पुनको नियुक्ति बदर-Sutra News

विवादित बनेकाे लक्ष्मी पुनको नियुक्ति बदर

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति उच्च अदालत पाटनले बदर गरिदिएकाे छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको हो ।



पुस ४ मा कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध कोषकै भरत मरासिनीले पुस २९ मा रिट दायर गरेका थिए । मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।

पुनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको परिषद्को बैठकले पुनलाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे ।

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट