विज्ञापन संघको अध्यक्षमा थापा सर्वसम्मत, कोषाध्यक्ष र सदस्यबाहेकमा निर्विरोध-Sutra News

विज्ञापन संघको अध्यक्षमा थापा सर्वसम्मत, कोषाध्यक्ष र सदस्यबाहेकमा निर्विरोध

आइतबार, २२ पौस २०८०

आइतबार, २२ पौस २०८०

काठमाडौं । नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा सर्वसम्मत चयन भएका छन् । संघको निर्वाचन समितिको सचिवालयले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार थापा सर्वसम्मत भएका हुन् ।



यससँगै अब बन्ने संघको नयाँ कार्यसमितिको नेतृत्व थापाले गर्ने छन् । थापा एएनएस क्रियसनका प्रबन्ध निर्देशक हुन् ।

अध्यक्ष थापासँगै प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्धितीय उपाध्यक्ष्मा प्रिज्मार्क मार्केटिङ्गका पंकज लाल प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, महासचिवमा फ्युचर हब मिडिया मल्टीपरपोजका कृष्ण प्रसाद घिमिरे र सहकोषाध्यक्षमा काजी मिडिया टाइम्सका अरुण काजी स्थापित निर्वाचित भएका छन् ।

यसैगरी, सचिव पदमा पब्लिक एडभरटाइजिङ्गका सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन् ।

विज्ञापन संघमा कोषाध्यक्ष र सदस्य बाहेक पदमा निर्विरोध भएको छ । कोषाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवार परेको छ । जसमा जिरो मिडियाका जीवन पोख्रेल र ज्वाइन मिडिया हाउसका साजन श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यमा १० जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट