१०० केजी तौल उचाल्ने अभिनेतालाई फ्यानको प्रश्न – ‘के तपाई साँच्चै ६३ वर्षको हुनुहुन्छ ?’-Sutra News

१०० केजी तौल उचाल्ने अभिनेतालाई फ्यानको प्रश्न – ‘के तपाई साँच्चै ६३ वर्षको हुनुहुन्छ ?’

बुधबार, १० साउन २०८०

बुधबार, १० साउन २०८०

हालै सामाजिक सञ्जालमा सुपरस्टार मोहनलालको एउटा भिडियो भाइरल भइरहेको छ, जसमा उनी जिममा १०० किलो तौल उचालेर कसरत गरिरहेको देखिएका छन् ।



६३ वर्षीय अभिनेताको जिम भिडियो देखेर ठूला बडीबिल्डरहरु पनि छक्क परेका छन् । साउथ इन्डस्ट्रीका सबैभन्दा चर्चित अभिनेता मोहनलाल आफ्नो फिटनेस र अद्भूत शरीरका कारण युवाहरूमाझ अक्सर चर्चामा रहन्छन् । हालै सामाजिक सञ्जाल ईन्स्टाग्राममा एउटा भिडियो पोष्ट गरेका हुन् ।

भिडियोमा मोहन लाल नीलो टि(सर्ट लगाएर जिममा कसरत गरिरहेको देखिन्छन् । भिडियोमा सुपरस्टारले सजिलैसँग १०० तौल उठाएको देख्न सकिन्छ । मोहनलालको नयाँ जिम प्रेरणादायी भिडियो हेरेर धेरैले कमेन्ट गरिरहेका छन् । कमेन्टमा एक प्रयोगकर्ताले सुपरस्टारको उमेर सोधेका छन्, ‘के तपाई साँच्चै ६३ वर्षको हुनुहुन्छ’

सुपरस्टार मोहनलाल फिल्म जेलरलाई लिएर यतिबेला हेडलाइन्सको हिस्सा बनेको छन् । जेलर फिल्ममा मोहनलाल र रजनीकान्त स्क्रिन सेयर गर्दै देखिनेछन् । यो फिल्म अगस्ट १० मा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट