एसभित्र पनि विभाजनको त्रास, माधवले बोलाए दलको बैठक-Sutra News

एसभित्र पनि विभाजनको त्रास, माधवले बोलाए दलको बैठक

सोमबार, २४ बैशाख २०८१

सोमबार, २४ बैशाख २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको उपाध्यक्ष राजेन्द्र पाण्डेयले जानकारी दिए ।



उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र संसद अधिवेशनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजित बनेपछि एकीकृत समाजवादीभित्र पनि त्यसको असर पर्नसक्ने चिन्ता उत्पन्न भएको छ ।

सरकार भत्काउने प्रयास भएपछि पार्टी विभाजन गरिएको विभाजित जसपाका नेताहरुले बताएका छन् । एकीकृत समाजवादीका केही शीर्ष नेताहरुले पनि खुलारुपमा सरकार भत्काइदिने बताइरहेका छन् ।

तर, एकीकृत समाजवादीभित्रका एउटा समूह भने अहिलेकै गठबन्धनको पक्षमा देखिएको छ । यस्तोमा पार्टी विभाजन हुनसक्ने भय एकीकृत समाजवादीभित्र उत्पन्न भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट