कामीरिताले तोडे आफ्नै रेकर्ड, सगरमाथा शिखरमा पुगे २८औं पटक-Sutra News

कामीरिताले तोडे आफ्नै रेकर्ड, सगरमाथा शिखरमा पुगे २८औं पटक

मंगलबार, ९ जेष्ठ २०८०

मंगलबार, ९ जेष्ठ २०८०

काठमाडौँ- विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा आरोहण गरेका छन्। केही दिनअघि मात्रै २७ औंपटक सगरमाथा चढेर कीर्तिमान बनाएका उनले अहिले २८औं पटक चढेर आफ्नै कीर्तिमान तोडेका हुन्।



सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कामीरिताको कीर्तिमान बराबरी बनाएका थिए। कामीरिता सेभेन समिट ट्रेक्स प्रालिमार्फत सगरमाथा आरोहण गरेका हुन्।

आज बिहान ९:२३ बजे कामीरिता सगरमाथाको शिखरमा पुगेको सेभेन समिटले जनाएको छ। यो सिजनको उनको दोस्रो सगरमाथा आरोहण हो। यसअघि उनले जेठ ३ गते सगरमाथा चढेका थिए।

कामीरिता सेभेन समिट ट्रेकमा सिनियर गाइडका रूपमा कार्यरत छन्। सोलुखुम्बुको थामे गाउँका शेर्पा सन् १९७० जनवरी २ मा जन्मिएका हुन्।

उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफ सदस्यको रूपमा सुरु भएको थियो। उनले केटु चोयू, ल्होत्से र मनास्लुलगायतका हिमालको सफल आरोहण गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट