खेलकुद प्रतियोगितको ब्यानरमा कोसी प्रदेश नलेखेकै कारण सदस्य सचिव पद चैट -Sutra News

खेलकुद प्रतियोगितको ब्यानरमा कोसी प्रदेश नलेखेकै कारण सदस्य सचिव पद चैट 

बुधबार, ३ जेष्ठ २०८०

बुधबार, ३ जेष्ठ २०८०

काठमाडौं ।  प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले खेलकुद प्रतियोगिताको ब्यानरमा ‘कोसी प्रदेश’ नलेखेकै कारण पदबाट बर्खास्त भएका छन् ।



विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सदस्य–सचिव वाग्लेलाई पदबाट बर्खास्त गरेको हो।

कोसी प्रदेशको नाम बहिष्कारको आन्दोलन चलिरहँदा झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेश नराखेको जनाउँदै प्रदेश सरकारले वाग्लेलाई कारबाही गरेको हो।

यद्यपि, प्रतियोगिताको प्रमाणपत्रदेखि अन्य सबै सामग्रीमा कोसी प्रदेश लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट