महानगरका कर्मचारी नै भ्रष्टाचारमा लागेपछि आफैँ उजुरी लिएर अख्तियार पुगे बालेन-Sutra News

महानगरका कर्मचारी नै भ्रष्टाचारमा लागेपछि आफैँ उजुरी लिएर अख्तियार पुगे बालेन

बुधबार, १३ बैशाख २०८०

बुधबार, १३ बैशाख २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरकै केही कर्मचारी भ्रष्टाचारमा लिप्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। महानगरले गर्ने काम कानुनसम्मत गर्नुपर्नेमा नगरी भ्रष्टाचारमा लागेको भन्दै उनले केही कर्मचारीविरुद्ध अख्तियारमा मौखिक उजुरी दिएका हुन्।



बालेनको उजुरीपछि अख्तियारले अहिले महानगरका सबै कर्मचारीलाई सम्पत्ति विवरण भरेर बुझाउन उर्दी लगाएको छ।
बालेनले केही फाँटका कर्मचारीले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको उजुरी दिएपछि अख्तियारले कामकारबाही अघि बढाएको हो।

आयोगले महानगरपालिकामा विभिन्न पदमा कार्यरत ३२ जना कर्मचारीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भर्न लगाएको छ। फारम भर्दा पनि कर्मचारीले मनलाग्दी भर्ने डर भएपछि अख्तियारका सम्पत्ति अनुसन्धान तथा मूल्यांकन महाशाखाका अधिकारीको प्रत्यक्ष निगरानीमा भराउने काम भइरहर्को छ।

कर्मचारीको व्यक्तिगत तथा पारिवारिक विवरण, अचल सम्पतिको विवरण, चल सम्पतिको विवरण जसमा बैंक तथा वित्तीय संस्थामा रहेको सेयरहरूको विवरण साथै लकरको विवरण भराइरहेको छ।

कर्मचारीले कुन बैंकमा खाता छ। ति खातामा कति रकम छ र खाता नम्बर कति हो भन्ने विवरण पिन उल्लेख गर्नुपर्नेछ। साथै चल अचल सम्पत्ति सबैको विवरण पनि खुलाउनुपर्नेछ।

अख्तियार स्रोतका अनुसार लेखा र खरिद तथा आम्दानी महाशाखाका कर्मचारीमाथि बालेनले उजुरी दिएका हुन्। यी शाखा महानगरभित्र धेरै आर्थिक कारोबार हुने क्षेत्र हो। बालेनको उजुरीपछि अख्तियारले सबै कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाइरहेको छ। सम्पत्ति विवरण भराएपछि अख्तियारले कर्मचारीसँग बयान लिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट