सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ – सांसद शाही (भिडियोसहित)-Sutra News

सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ – सांसद शाही (भिडियोसहित)

मंगलबार, १० माघ २०७९

मंगलबार, १० माघ २०७९

काठमाडौं – सांसद ज्ञानेन्द्रबहादुर शाहीले जुम्लामा विमानस्थल नबने आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले यस्तो चेतावनी दिएका हुन् ।



उनले विमानस्थलका नाममा करोडौँ खर्च हुने गरेको भन्दै विमानस्थल नबने आन्दोलन गर्ने बताए । उनले जनताले कर तिरिरहेपनि पाउनुपर्ने सुविधा नपाइरहेको र यसलाई सुधार गर्नुपर्ने भनाई राखे । यस्तै उनले नेपालमा शिक्षाको गुणस्तारमा सुधारको आवश्यकता रहेको पनि बताए ।

उनले सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ भनेर सदनबाटै निर्देश जारी गर्नुपर्ने पनि बताए । उनले भने – ‘हामी शिक्षा प्रणालीको सुधारको कुरा गरेर मात्र हुँदैन्। कार्यान्वयनमा उत्रनपर्छ। आजैको यो सदनमा हामी सबै माननीयका सन्तान अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गरौँ भनेर निर्देश जारी गरौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट