नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन दिदैनौं – ओली (भिडियोसहित)-Sutra News

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन दिदैनौं – ओली (भिडियोसहित)

शुक्रबार, ६ माघ २०७९

शुक्रबार, ६ माघ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



उनले दुईवटा छिमेकीसँग कार्ड खेल्ने नहु्ने कुरा आफूले भनेको पनि बताए । उनले भने – ‘दुईटा छिमेकीसँग कार्ड खेल्ने होइन हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’ छिमेकीसँग हामिहरु असल छिमेकी हुनुपर्ने भन्दै कसैको कुभलो पनि नगर्ने बताए ।

छिमेकमा बसेर छिमेकको अहित गर्ने काम गर्नु नहुने उनको भनाइ छ । नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्नुपर्नेमा उनले बताए ।सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता नगर्ने भन्दै ओलीले सम्मानका आधारमा सम्मान कायम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट