‘कान्तारा’ ले बक्सअफिसमा मच्चायो धमाका, कार्तिक आर्यन भन्छन् – ‘म यस्तै फिल्म चाहन्छु’-Sutra News

‘कान्तारा’ ले बक्सअफिसमा मच्चायो धमाका, कार्तिक आर्यन भन्छन् – ‘म यस्तै फिल्म चाहन्छु’

बुधबार, २८ मंसिर २०७९

बुधबार, २८ मंसिर २०७९

मुम्बई । अभिनेता कार्तिक आर्यनले हालैमात्र ‘कान्तारा’ जस्तो फिल्म गर्न चाहेको बताएका छन् । उनले आफू स्वदेशी मानिस भएकाले ‘कान्तारा’ जस्ता फिल्म हेर्न र काम गर्न मनपराउने गरेको खुलाए ।



‘म जमिनसँग जोडिएको मुद्धासँग सम्बन्धित फिल्ममा अभिनय चाहन्छु । किनकि म आफैं स्वदेशी मानिस हुँ । मेरो रगत नै स्वदेशी छ । मलाई यस्तो फिल्म हेर्न र काम गर्न मजा आउँछ । मेरो इच्छा पनि स्वदेशी कथावस्तुको फिल्ममा काम गर्ने हो’, उनले भनेका छन् ।

उनले केही सञ्चारमाध्यममा ‘कार्तिकको युग सुरु भएको’भन्दै समाचार आएकोप्रति खुसी व्यक्त गरेका छन् । ‘यस्तो सफलता देख्दा म खुसी हुन्छु । आगामी दिनमा पनि मेरो फिल्म चलोस र म राम्रो फिल्ममा काम गर्न पाइरहुँ’, उनले भनेका छन् ।

हालका दिनमा कार्तिकको करियर निकै सफल बन्दै गएको छ । यसैवर्ष रिलिज उनको फिल्म ‘भूल-भुलैया २’ले बक्सअफिसमा राम्रो व्यापार गर्‍याे । यसबाहेक हालैमात्र ओटीटीमा रिलिज फिल्म ‘फ्रेडी’ले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । आगामी वर्ष उनी फिल्म ‘शहजादा’, ‘क्याप्टेन इण्डिया’, ‘आशिकी २’, ‘सत्यप्रेम की कथा’ आउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट