टाइगरसँगको ब्रेकअपपछि अलेक्जेन्डरसँग रोमान्स गर्दै दिशा पटानी, प्रेमी भन्छन् – ‘आनन्द महशुस भइरहेको छ’-Sutra News

टाइगरसँगको ब्रेकअपपछि अलेक्जेन्डरसँग रोमान्स गर्दै दिशा पटानी, प्रेमी भन्छन् – ‘आनन्द महशुस भइरहेको छ’

आइतबार, २५ मंसिर २०७९

आइतबार, २५ मंसिर २०७९

काठमाडौं । आफ्नो व्यक्तिगत जिवन र फिल्मका कारण चर्चामा आइरहने अभिनेत्री हुन् दिशा पटानी । केही समयअघि उनी टाइगर श्राफसँगको प्रेमसम्बन्ध र पछि ब्रेकअप भएपछिसम्म चर्चामा रहेकी थिइन् ।



अहिले पनि उनी नयाँ प्रेमीसँगको प्रेमका कारण चर्चामा छिन् । झण्डै ६ वर्षसम्म डेट गरेका टाइगर र दिशाको जोडीको ब्रेकअप भयो । अहिले दिशाले अलेक्जेन्डर एलेक्ससँग डेटिङमा रहेको भारतिय मिडियामा जनाइएको छ ।

फ्यानहरुले पनि प्रेमसम्बन्ध बारे सोधिरहदा हालैको एक अन्तर्वार्तामा अलेक्जेन्डरले नै यसबारे कुरा खुलाए । अलेक्जेन्डरले दिशा र आफूबीचको सम्बन्धबारे बताए । अलेक्जेन्डरले फू साइबेरियाको बासिन्दा भएको र सात वर्षदेखि भारतमा बसिरहेको बताए ।

उनले आफूहरुको मुम्बईमा भेट भएको पनि बताए । सन् २०१५ देखि नै आफूहरुबीचको मित्रता गहिरो बन्दै गएको पनि उनले बताए । उनले मान्छेले आफ्नो निजी जीवनबारे जान्न चाहेको कुरालाई लिएर आनन्द महसुस गरेको बताउँछन् ।अहिले दिशा र अलेक्जेन्डरको रोमान्सको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट