चुनावी महाभारतमा नेपथ्यका श्वेत कमान्डरहरू-Sutra News

चुनावी महाभारतमा नेपथ्यका श्वेत कमान्डरहरू

बिहिबार, २२ मंसिर २०७९

बिहिबार, २२ मंसिर २०७९

आवधिक निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षक तथा नेपाली सेनाका प्रधानसेनापतिलाई धन्यवाद ज्ञापन गरेका थिए। यो धन्यवाद स्वभाविक थियो किनकी शान्तिपूर्ण हिसाबले निर्वाचन सम्पन्न भयो र यसका नतिजा पनि आइसकेका छन्।



केही अपवादबाहेक चुनावमा कहिँ कतै समस्या भएनन् यसमा देशका कर्मठ सिपाहीको योगदान थियो। फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सबै कर्मचारी धन्यवादका योग्य पात्र मात्र होइनन्, पुरस्कारका हकदार पनि हुन्, राज्यले त्यसप्रति ध्यान दिन आवश्यक छ।

परिवर्तनको हुटहुटी आजको अनिवार्यता हो। यसका लागि चुनावमा फरक जोड घटाऊका परिणाम आउलान्। सरकारले चुनाव सकुशल सम्पन्न गरायो! भन्दै दलीय हाँक एकाथरीले दिन्छन् अर्काथरी धाँधली भयो भनी उफ्रन्छन्। तर, सुरक्षा चुनौतिको सकसबीच काम सम्पन्न गराउनेलाई स्याब्बास् भन्न किन सक्तैनन्?

चुनाव राजनीतिका विरक्त रङ्गहरूले प्रभावित हुन्छ नै। यी प्रभावका सबै घेरालाई एउटा सीमामा बाँधेर मैदानलाई चलायमान बनाउने श्वेत कमान्डरहरू पनि हुन्छन्। पक्कै पनि जिम्मेवारीका हिसाबले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरिक्षक (आईजी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरिक्षक (आईजी) राजु अर्याललाई श्वेत कमान्डरका रुपमा ‘स्यालुट’ गर्नु अनिवार्य छ।

सुरक्षा निकाय जिम्मेवारीमा कहिँ चुक्दो हो त यो राजनीतिका विरक्त विभिन्नताभित्र कति घटना हुने थिए होला? कल्पना गर्न पनि कठिन हुन्छ। जबकि, साधारण हिसाबले चुनाव हुँदा पनि बम, झडप भएका थिए। ति थितिभित्र नै राख्न नेपालको सुरक्षा निकाय सफल भयो। यसकारण यी श्वेत कमान्डरहरू जसले ‘चेन अफ कमान्ड’लाई चुस्त बनाएर चुनावी महाभारतको कुरुक्षेत्रमा रगत बग्न दिएनन् तिनलाई ‘स्यालुट’ स्वभाविक प्रतिक्रिया हो।

राजनीतिमा हुनुपर्ने नेतृत्वको गुणमात्र होइन लय पनि उनीहरूकै संगठनमा देखिन्छ। भनिन्छ नि– नेतृत्व अर्को चुनावका बारेमा होइन अर्को पुस्ताका बारेमा हुनुपर्छ। यो महत्व त यी तीनै सुरक्षा निकायमा मात्र भइरहेको अनिवार्य देखिन्छ कि, नेतृत्वमा अर्को पुस्ता निश्चित समयमा आउँछ नै

दिनको अन्त्यमा लक्ष्यहरू सरल लाग्छन् किनकी त्यहाँ सुरक्षाभित्र सुरक्षा भेटिन्छ, देखिन्छ। यो लक्ष्यलाई चिफ शर्मा, आईजी सिंह र अर्यालले पूरा गरेर देखाएकै हुन्।

नेपाली राजनीति कति विरुप देखिन्छ? यसमा चेन अफ कमान्ड हुन्छ या हुन्न? खास चुनावको अर्थचाहिँ सुरक्षा निकायमा नै देखिन्छ। जो नेतृत्वको महत्वमा मात्र होइन अर्थमा पनि भेटिन्छ। राज्यका शासक जति नै नालायक भए पनि जनताको सुरक्षा उनीहरूका लागि सर्वोपरी हुन्छ र खटिन्छन्। र, राजनीतिमा हुनुपर्ने नेतृत्वको गुणमात्र होइन लय पनि उनीहरूकै संगठनमा देखिन्छ। भनिन्छ नि– नेतृत्व अर्को चुनावका बारेमा होइन अर्को पुस्ताका बारेमा हुनुपर्छ। यो महत्व त यी तीनै सुरक्षा निकायमा मात्र भइरहेको अनिवार्य देखिन्छ कि, नेतृत्वमा अर्को पुस्ता निश्चित समयमा आउँछ नै।

सुरक्षा निकायका प्रमुखहरू कहिलेकाहीँ आलोचित पनि हुन्छन्। किनभने जिम्मेवारीलाई पूरा गर्दा आलोचनालाई होइन, निर्णयलाई सर्वोपरी ठान्छन्। यसकारण पनि राजनीतिक दलका व्यक्ति जस्ता हुँदैनन् यी श्वेत कमान्डरहरू। यी कमान्डरहरूलाई थाहा छ– कठिन निर्णयहरूको लागि राम्रो समय कहिल्यै हुँदैन। त्यहाँ सधैं चुनाव वा अरू केहि हुनेछ। तर कठिन निर्णय हिम्मत जुटाएर गर्नु पर्छ। शासन भनेको कडा, अलोकप्रिय, निर्णयहरू लिनु हो। जुन चेन अफ कमान्ड चलाइरहेकाहरूलाई राम्रोसँग थाहा हुन्छ।

सरदर २ लाख बढी कर्मचारीको नेतृत्व गर्नु र त्यसलाई राज्यका पक्षमा चलायमान बनाउने दायित्वको कमान्ड यी तीन जनाले अहिले गरिरहेका छन्। यो चानचुने विषय त होइन तर यो प्रक्रियाको सरल निरन्तरतालाई सफल बनाउन सक्षमता भने भेटिएको छ।

राजनीतिले अनेक कोर्ष बदलिरहेका हुन्छन्। हिजो हिंसाको बाटोबाट आज शान्तिपूर्ण प्रतिस्पर्धामा उत्रिनेदेखि राज्यसत्तामा रहेर हरेक पटक जस्तो आदेश दिए पनि त्यो जनताको निर्देशन मान्ने यी कमान्डरहरू नै असलमा इमान्दार जनताका सेवक हुन् भन्नेमा कुनै शंका छैन। त्यसैले पनि अहिले सम्पन्न चुनावी महाभारतमा जो जसको जसरी जीत भए पनि यसलाई सफल बनाउने भूमिकाको सुरक्षा घेराको नेतृत्व गर्ने श्वेत कमान्डरहरू नै बाजिगर भन्न कुनै आपत्ति छैन। अतः फिल्डका हरेक मोर्चामा रहेर काम गरेका तल्ला तहका हरेक सुरक्षा कर्मचारी धन्यवादका पात्र छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट