वर्षाले घट्यो वायु प्रदूषण-Sutra News

वर्षाले घट्यो वायु प्रदूषण

मंगलबार, २५ बैशाख २०८१

मंगलबार, २५ बैशाख २०८१

काठमाडौं । हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यकासहित मुख्य सहरको वायु प्रदूषण न्यूनीकरण भएको छ । ‘एयर क्वालिटीइन्डेक्स’को आजको तथ्यांक अनुसार समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १२७ छ ।



वायु गुणस्तर सूचकांक (एक्यूआई) गत शनिबार १९२, आइतबार १७६, सोमबार १५६ पुगेको थियो । वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकांक १२७ पुगेको हो ।

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षा नहुँदा बढिरहेको वन डढेलोको धुँवाका कारण वायु प्रदूषण पनि बढिरहेको भन्दै वर्षासँगै वन डढेलो र वायु प्रदूषण न्यूनीकरण भएको जानकारी गराए ।

वर्षा भइरहे अझै वायु प्रदूषण न्यूनीकरण हुने वातावरण अभियानकर्मी वर्षा पराजुलीको भनाइ थियो । यता मौसमविद्ले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट