थुनछेक बहसमा सन्दीप लामिछानेका तर्फबाट बहस गर्दैछन् यी हाइप्रोफाइल वकिल-Sutra News

थुनछेक बहसमा सन्दीप लामिछानेका तर्फबाट बहस गर्दैछन् यी हाइप्रोफाइल वकिल

बुधबार, १६ कार्तिक २०७९

बुधबार, १६ कार्तिक २०७९

काठमाडौं– बलात्कार अभियोगमा कानुनी कठघरामा उभिएका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको बयान अदालतमा भएको छ।



मंगलबार उनले बयान दिएपछि बुधबारदेखि थुनछेक बहस हुँदैछ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा हुने बहसमा सन्दीपका तर्फबाट उनी निर्दोष रहेको भनी हाइप्रोफाइल वकिलले दलील पेस गर्नेछन्।

नेपाल बार एशोशिएशनका पूर्वमहासचिव बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, लभ मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीले सन्दीपका पक्षमा बहस पैरवी गर्नेछन्।

नाबालिग किशोरीसँग सम्बन्ध राखेका कारण सन्दीपविरुद्ध बलात्कारको अभियोग लागेको छ। किशोरीको उजुरीका आधारमा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजनपत्र बनाई मुद्दा दायर गरेको थियो। सन्दीपलाई पूर्पक्षका लागि थुन्ने, धरौटीमा मुद्दा लड्न दिने या निर्दोष साबित गर्ने भन्ने थुनछेक बहसपछि अदालतको आदेशले कायम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट