दुबईमा कार धुने भरत बिकले ३४ करोडको चिठ्ठा जिते-Sutra News

दुबईमा कार धुने भरत बिकले ३४ करोडको चिठ्ठा जिते

बिहिबार, ६ असोज २०७९

बिहिबार, ६ असोज २०७९

नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।



केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् ।

गल्फन्यूजका अनुसार सो रकमको चिठ्ठा जित्ने उनी पहिलो नेपाली हुन् ।

‘म त निकै खुसी छु’ उनले भने- शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट