माओवादीसँग पुरै विचार मिल्न थालेको छ, अब छिट्टै एकता हुन्छ- झलनाथ खनाल-Sutra News

माओवादीसँग पुरै विचार मिल्न थालेको छ, अब छिट्टै एकता हुन्छ- झलनाथ खनाल

सोमबार, ६ भाद्र २०७९

सोमबार, ६ भाद्र २०७९

नेपाल  कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताउनुभएको छ । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मङ्सिरमा हुने निर्वाचनलगत्तै पार्टी एकता हुने जानकारी दिनुभयो ।



नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम रहेकाले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता हुन लागेको नेता खनालले स्पष्ट पार्नुभयो । नेपालमा एक सबल कम्युनिष्ट पार्टी निर्माणका लागि अन्य साना कम्युनिष्ट पार्टीहरूसँग समेत एकीकरणको खाँचो रहेको उहाँको भनाइ छ ।

मङ्सिरमा हुने निर्वाचनमा गठबन्धनका तर्फबाट सिट बाँडफाँडका लागि कार्यदल बनेको र केही दिनमा त्यसले निचोड दिने बताउँदै पूर्वप्रधानमन्त्री खनालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताउनुभयो । कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर दुई तिहाइको बहुमत दिएको स्मरण गर्दै उहाँले जनभावनाअनुसार काम नहुँदा अहिले कम्युनिष्टभित्रै फरक खालको राजनीतिक परिस्थिति सिर्जना भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट