माओवादी स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु-Sutra News

माओवादी स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु

शुक्रबार, ३ भाद्र २०७९

शुक्रबार, ३ भाद्र २०७९

पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।



माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।
यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो ।

माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट