प्रतिनिधिसभा निर्वाचन : ६० सिट पाउँला माओवादीले ?-Sutra News

प्रतिनिधिसभा निर्वाचन : ६० सिट पाउँला माओवादीले ?

बिहिबार, २ भाद्र २०७९

बिहिबार, २ भाद्र २०७९

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुने भएपछि अहिले विभिन्न राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् । दलका नेताहरुले आफूले चुनाव लड्ने स्थानमा उम्मेदवारी घोषणाको कार्यक्रम पनि धमाधम राख्न थालेका छन् ।



सत्ता गठबन्धन दलहरु पनि स्थानीय तहको चुनाव जस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावमा पनि तालमेल गरेर अगाडी बढ्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका ५ दलहरुले यसपटकपनि चुनावी तालमेल गर्ने निर्णय गरेपनि सिट बाँडफाडको टुँगो भने लागिसकेको छैन । सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक बसिरहे पनि टुंगो लाग्न सकिरहेको छैन ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको स्रोतको भनाई छ । प्रतिनिधिसभामा ६० सिट आफूहरुले पाउनै पर्ने माओवादीको दाबी छ । यसअघि २०७४ को निर्वाचनमा माओवादीले नेकपा एमालेसँग तालमेल गर्दा ३७ सिट जितेको थियो ।

जसमा एमाले र माओवादीबीच ६०-४० को भागबण्डा भएको थियो । स्थानीय तहको निर्वाचनमा सिट बाँडफाडमा भेदभाव गरिएको भन्दै असन्तुष्टि जनाएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी भने अहिले चुप नै बसेको छ । एकीकृत समाजवादी पार्टी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाल५०–५० को भागबन्डा गर्नुपर्ने कुरा राख्दै आएका छन् ।

यता कांग्रेसले आफू एक्लै लड्दा पनि ८० सिट ल्याउन सक्ने अनुमान लगाउन थालेको छ । कार्यदल बन्नुअघि काँग्रेसले गठबन्धनमा ९९ सय सिट आफूले लिने दाबी गर्न भ्याएको थियो । सिट बाँडफाडको लागि बनेको कार्यदलमा कांग्रेसबाट तीन र बाँकी दलबाट दुईरदुई जना सदस्य छन् ।

कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट