थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु-Sutra News

थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

बिहिबार, १२ फाल्गुन २०७८

बिहिबार, १२ फाल्गुन २०७८

पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् ।

अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट