दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर आजबाट खुल्ला-Sutra News

दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर आजबाट खुल्ला

शुक्रबार, २८ माघ २०७८

शुक्रबार, २८ माघ २०७८

हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुल्ला गरिएको छ । कोरोना भाइरस महामारीका कारण झन्डै एक महिनादेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुल्ला गरिएको हो ।



काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले मठमन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान कायम गरेपछि मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

दर्शनार्थीले मास्क अनिवार्य लगाउनुपर्नेछ भने सरकारबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गरिने कोषको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट