सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षाकाे सम्भावना, आज हिमपात पनि हुने-Sutra News

सुदूरपश्चिमसहितका क्षेत्रमा वर्षाकाे सम्भावना, आज हिमपात पनि हुने

सोमबार, २६ पौस २०७८

सोमबार, २६ पौस २०७८

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव  छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।



दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

राति सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ । सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट