हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु-Sutra News

हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु

आइतबार, १८ पौस २०७८

आइतबार, १८ पौस २०७८

भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । भारत प्रशासित कश्मीरको माता बैष्णाे देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिराे दुःख व्यक्त गरेका छन् ।



सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् । बिदाका कारण शनिबार मन्दिर जाने तिर्थालुको स‌ंख्या अन्य दिनभन्दा धेरै थियो ।

मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेकाे थियो । महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ । तर, शनिरबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट