बाजागाजासहित सभापतिमा उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह-Sutra News

बाजागाजासहित सभापतिमा उम्मेदवारी दर्ता गर्दै प्रकाशमान सिंह

शनिबार, २५ मंसिर २०७८

शनिबार, २५ मंसिर २०७८

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारी दिन लागेका छन् ।



बाजागाजासहित केही समयमा उनले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । झाँकी र बाजागाजासहित उनले सभापतिमा उम्मेदवारी दर्ता गराउँदै छन् ।

उम्मेदवारी दर्ता गराउने तयारीबीच उनीनिकट नेता कार्यकर्ताहरूले उनको पक्षमा नाराबाजीसमेत गरेका छन् ।

‘नेपाली कांग्रेस के भन्छ, प्रकाशमान सिंह ले भन्छ’ भन्ने नारा लागेको छ ।

सभापति शेरबहादुर देउवाइतर पक्षबाट सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास प्रकाशमानकै कारण विफल भएको थियो । उनले रामचन्द्र पौडेललाई अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट