रुसले एके-२०३ राइफल बनाउन भारतमा कारखाना खोल्ने-Sutra News

रुसले एके-२०३ राइफल बनाउन भारतमा कारखाना खोल्ने

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

भारत र रुसबीच भारतमा एके २०३ राइफल बनाउने कारखाना खोल्ने सहमति भएको छ ।



भारत र रूसका रक्षामन्त्रीद्वय राजनाथ सिंह र सर्गेई सोइगुले सोमवार रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार सन् २०२१ देखि लिएर २०३१ सम्म ६ लाख एके २०३ राइफल भारतले किन्नेछ । त्यसका लागि रूसले भारतको अमेठीमा कारखाना बनाएर हतियार उत्पादन गर्नेछ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमण गर्नुभन्दा केही पहिला यस्तो सम्झौतामा हस्ताक्षर भएको हो । यसबाहेक रुसको ‘कालाशानिकोभ’ सिरिजको सानो हतियार पनि भारतले सहयोगस्वरूप प्राप्त गर्नेछ ।

सम्झौतापछि रक्षामन्त्री सिंहले भने, ‘भारत रुससँग द्विपक्षीय सम्बन्ध मजबुत बनाउन रक्षा सहयोग एउटा स्तम्भ हो ।’ उनले सहयोगका लागि रुसलाई धन्यवाद पनि दिए ।

आजै सोमवार पुटिनले भारत भ्रमण गर्नेछन् । उनले केही घण्टा मात्र भारतमा बिताउनेछन् तर भारतीय सञ्चारमाध्यमहरूले पुटिनको यो भ्रमण निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थप १० सम्झौता हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट