चप्पल चोरेर लखपति, तीन वर्षपछि प्रहरीको फन्दामा-Sutra News

चप्पल चोरेर लखपति, तीन वर्षपछि प्रहरीको फन्दामा

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

भनिन्छ अरुको चोर्ने वा अरुले गरेको आँखा लाग्नेलाई राम्रो हुँदैन् । तर एक चोर गबजले लखपति भएका छन् । उनी मानिसहरुको घरभित्र छिरेर या बगली मारेर लखपती बनेका होइनन् । बरु चप्पल चोरे लखपती बनेका हुन् ।



माटुंगा प्रहरी कार्यालयमा एक चोरले पछिल्लो २ वर्षबाट लगभग ४० लाख रुपैयाँको चप्पल चोरेको बताएका छन् । मुम्बईको माटुंगा प्रहरीले इब्राहिम शेख नामका एक व्यक्तिलाई पक्राउ गरर्यो । एक चोरीको आरोपमा उसलाई गिरफ्तार गरेको थियो तर उसले १५ चोरीका आरोप स्विकार गरे । उनले स्विकार गरेका १५ चोरीका आरोप मध्ये एक थियो ४० लाखको चप्पल चोरी ।

इब्राहिम शेखले दैनिक ८ देखि १० जोडी चप्पल चोर्ने गर्थे र दक्षिण मुम्बईको नलबाजारमा बेच्ने गर्थे । ३ वर्ष अगाडी माटुंगामा एक घटना भएको थियो । घटनामा आरोपित इब्राहिम शेखको अनुहार सीसिटीवीमा कैद भएको थियो । ३ वर्ष पछि मात्र प्रहरीले उनलाई समात्न सफल भएको हो ।

चोरी गर्नू अगाडी उनले सिनेमा घर बाहिर ब्लैकमा फिल्मको टिकट बेच्ने गर्थे प्रहरीकै कारण त्यो पेशा छाडेर चोरीमा लागेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट