राष्ट्रियसभा निर्वाचन माघ १२ गते गर्ने मन्त्रिपरिषदको निर्णय-Sutra News

राष्ट्रियसभा निर्वाचन माघ १२ गते गर्ने मन्त्रिपरिषदको निर्णय

शुक्रबार, ३ मंसिर २०७८

शुक्रबार, ३ मंसिर २०७८

राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले माघ १२ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरी आगामी फागुनमा रिक्त हुने १९ सिटका लागि निर्वाचनको मिति तोकिएको हो ।



आगामी फागुनमा राष्ट्रिय सभामा २० सिट रिक्त हुँदैछन् । ती मध्ये एक सिट राष्ट्रपतिबाट मनोनित हो । जुन प्रक्रियाबाट निर्वाचित सांसदको पद रिक्त हुने हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था अनुसार १० सिटका लागि चुनाव हुने भएको हो ।

२०७४ मा भएको राष्ट्रिय सभाको पहिलो निर्वाचनपछि गोलाप्रथाबाट पदावधि कायम गरिएको थियो । राष्ट्रिय सभा अविछिन्न भएकाले यसका एक तिहाई सदस्यको पद हरेक २ वर्षमा सकिँदै जान्छ । र रिक्त सिटका लागि चुनाव हुन्छ । पहिलो पटक निर्वाचित हुने सांसदको गोलाप्रथाबाट २ वर्ष, ४ वर्ष र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । तर, अब निर्वाचित हुने सांसदको पदावधि भने ६ वर्षको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट