गण्डकी एमालेमा खगराज पक्षको हार, पृथ्वीसुब्बा निकट शर्मा अध्यक्षमा निर्वाचित-Sutra News

गण्डकी एमालेमा खगराज पक्षको हार, पृथ्वीसुब्बा निकट शर्मा अध्यक्षमा निर्वाचित

शुक्रबार, १९ असोज २०८०

शुक्रबार, १९ असोज २०८०

काठमाडौँ। नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा ५३१ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे ।



उनीहरु प्यानलसहित चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।शर्मा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन्। यहाँ गण्डकीका नेता खगराज अधिकारी र उपमहासचिव गुरुङबीच प्यानल बनेको थियो।

उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् ।
सचिवका उम्मेदवार लमजुङका धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए ।

उपसचिव पदमा कास्कीका दामबहादुर विक विजयी भएका छन् । उनले ४९९ मत पाएका छन् । उपसचिव पदका अर्का प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मतमात्र पाए ।

उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ ३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट