खानेपानी कार्यालयका सुरक्षा गार्डको बीभत्स हत्या-Sutra News

खानेपानी कार्यालयका सुरक्षा गार्डको बीभत्स हत्या

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

सिराहाको मिर्चैया नगरपालिका ७ स्थित मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्ड मृत अवस्थामा फेला परका छन् ।



मिर्चैया नगरपालिका-८ घर भई खानेपानीमा सुरक्षा गार्डको काम गर्ने करिब ४५ वर्षीय किशोरी राय कुर्मीलाई धारिलो हतियार प्रहार गरी बीभत्स अवस्थामा फेला परेको हो ।

कार्यालयका पदाधिकारी विशेष कामले सुनसरीको इटहरी जान गाडी लिन जाँदा रगताम्मे अवस्थामा सुरक्षा गार्ड देखेपछि संस्थाका सचिव डिकाराम पोखरेलले प्रहरीलाई जानकारी गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

 

प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको जनाएको छ । शवलाई प्रादेशिक अस्पताल सिराहामा पोस्टमार्टम गराई परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट