

काठमाडौं । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।
विं.सं. २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार धरानबाट पक्राउ गरेको हो ।
प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट ०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो ।
खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए ।