श्रीमतीलाई माइत जानबाट रोक्न नसकेपछि डाँको छोडेर रोए यी पति-Sutra News

श्रीमतीलाई माइत जानबाट रोक्न नसकेपछि डाँको छोडेर रोए यी पति

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

पति-पत्नीबीच ठाकठुक भएका कतिपय भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्यापति पाइन्छन् ।



तर आजकल भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पतिपत्नीको नयाँ भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् । अनि सयौं कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन शुरू गर्छन् ।

यो भिडियो फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट