आजदेखि नेकपा एसकाे केन्द्रीय कमिटी बैठक, यी हुन् एजेण्डा-Sutra News

आजदेखि नेकपा एसकाे केन्द्रीय कमिटी बैठक, यी हुन् एजेण्डा

शनिबार, २७ कार्तिक २०७८

शनिबार, २७ कार्तिक २०७८

सत्ता गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पूर्ण बैठक आजबाट सुरु हुँदैछ । आइतबारसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै तय भइसकेका छन् ।



उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ ।

आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट