प्रधानन्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा हो- माधव नेपाल  -Sutra News

प्रधानन्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा हो- माधव नेपाल  

शुक्रबार, २६ कार्तिक २०७८

शुक्रबार, २६ कार्तिक २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्ने बताइरहेका बेला उनी भने बचाउमा लागेका हुन् ।

उनले राष्ट्रिय सभा तथा रिक्त  रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनको भनाइ रहेको छ ।

उनले उच्च स्तरीय राजनीति संयन्त्र काम गर्नका लागि बनाइएको बताएका छन् । प्रतिपक्षी एमालेले विरोध गरिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले राम्रो नदेख्ने संस्कार भएकाले विरोध गर्ने गरेको प्रतिक्रिया दिएका हुन् ।  ‘गठबन्धन फुट्छ भन्ने हल्ला फिँजाइएको छ,’ नेपालले भने, ‘यो संयन्त्रले त्यसलाई पनि दरिलो बनाउँछ ।’

आफ्नो पाटीको लहर देखेर अरू शक्ति आत्तिएको समेत उनले बताए । विप्लव तथा वैद्यसँग बाम एकता गर्ने विषयमा छलफल भइरहेको उनले बताए । बिचार मिल्नेहरूसँग एकता गर्न सकिने उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट