कस्तो रहला आगामी २ दिनको मौसम ?-Sutra News

कस्तो रहला आगामी २ दिनको मौसम ?

बिहिबार, २५ कार्तिक २०७८

बिहिबार, २५ कार्तिक २०७८

जल तथा मौसम विभागले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल नेपालमा  कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन।



हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
०७८ कार्तिक २५ गते (बिहिबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 २०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो:  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट