देउवा र पौडेलबाट काँग्रेस गतिलो बन्दैन- प्रकाशमान सिंह-Sutra News

देउवा र पौडेलबाट काँग्रेस गतिलो बन्दैन- प्रकाशमान सिंह

सोमबार, २२ कार्तिक २०७८

सोमबार, २२ कार्तिक २०७८
prakash man singh

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् ।



सिन्धुलीको कमलामाईमा आयोजित कार्यक्रममा सिंहले यस्तो बताएका हुन् । उनले काँग्रेसलाई थप बलियो बनाउनका लागि नयाँ नेतृत्व जरुरी भएको फरक तर्क राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अब देउवा र पौडेलजीबाट पार्टी चल्न सक्दैन ।’

उनले आफूले नेतृत्व पाएदेखि काँग्रेसलाई परिवर्तन गर्न सक्ने दाबी गरे । उनले केहीदिन अगाडी पनि एक कार्यक्रममा बोल्दै काँग्रेसको भविष्य बनाउने हो भने नेतृत्व आफ्नो काँधमा आउनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।

नेता सिंहले काँग्रेस कमजोर हुँदा देश र लोकतन्त्र नै कमजोर हुने तर्क गरे । त्यस्तै उनले कांग्रेस प्रतिपक्षमा रहंदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जस्तो दुस्साहस गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट