थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु-Sutra News

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

आइतबार, १४ कार्तिक २०७८

आइतबार, १४ कार्तिक २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



आज ५,७३१ पीसीआर परीक्षणमा ३७६ जना र २,१६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट