अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता-Sutra News

अध्यक्ष नेपाल उपचारपछि घर फिर्ता

सोमबार, १८ असोज २०७८

सोमबार, १८ असोज २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्किएका छन् ।



अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उनी यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका थिए ।

उनी स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिइन् ।

वरिष्ठ छातिरोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट