माधव नेपाल नेतृत्वको पार्टीबाट यी नेताहरू मन्त्री बन्दै-Sutra News

माधव नेपाल नेतृत्वको पार्टीबाट यी नेताहरू मन्त्री बन्दै

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने पार्टीका नेताहरूको नाम टुंगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।



मन्त्रालय भागबण्डाको टुंगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर आइतबार बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । सोमबार साँझसम्म उनले ६ जनाकै नाम टुंगो लगाएका हुन् ।

नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् । खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ ।

प्रधानामन्त्री शेरबहादुर देउवाले सकेसम्म मंगलबार नै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट