युरोपेली संघले गरिब देशहरूलाई २० करोड खोप दिने-Sutra News

युरोपेली संघले गरिब देशहरूलाई २० करोड खोप दिने

बुधबार, ३० भाद्र २०७८

बुधबार, ३० भाद्र २०७८

स्ट्रासवर्ग, फ्रान्स- युरोपेली संघले न्युन आय भएका गरिब मुलुकहरुलाई कोरोना भाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिब देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिए ।



‘गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,’ युरोपेली संसदको बार्षिक बैठकमा उनले भने । उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिए ।

उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान गरेका छन । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिए ।

विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट