एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप [फोटोहरू]-Sutra News

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप [फोटोहरू]

शनिबार, २६ भाद्र २०७८

शनिबार, २६ भाद्र २०७८

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।



mcc.jpg

शनिबार विभिन्न संघसंस्थाले एमसीसी राष्ट्रघाती भन्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

mcc2.jpg

mcc1.jpg

mcc3.jpg

mcc5.jpg

भाडावाला सरोकार समाजले अगुवाई गरेको प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागिता थियो । प्रदर्शनमा ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, नो एमसीसी’लगायत नारा लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट