कोभिड-१९ एन्टिबडी ६८ दशमलब ६ प्रतिशतमा-Sutra News

कोभिड-१९ एन्टिबडी ६८ दशमलब ६ प्रतिशतमा

आइतबार, १३ भाद्र २०७८

आइतबार, १३ भाद्र २०७८

काठमाडौं- कोभिड-१९ को एन्टिबडी ६८.६ प्रतिशत मानिसमा देखिएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै देशभरि सर्भेक्षण गर्दा ६८ दशमलब ६ प्रतिशत मानिसमा कोभिड-१९ को एन्टिबडी देखिएको जानकारी दिए ।

एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका व्यक्तिमा ९० प्रतिशत एन्टिबडी देखिएको उनले बताए ।

गत २१ असारदेखि ३० साउनसम्म मन्त्रालयले देशभरिका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार १६१ मानिसमा नमुना परीक्षण गर्दा ६८ दशमलब ६ प्रतिशतमा एन्टिबडी देखिएको हो ।

हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेसा र सबै समूहमा समान रूपमा नै एन्टिबडी देखिएको प्रवक्ता डा. पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट