नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा-Sutra News

नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा

शुक्रबार, ११ भाद्र २०७८

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं- नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ । बिहीबार अल इन्डियन फुटबल फेडेरेसन (एआईएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो ।



नेपाल र भारतबीचको खेल १७ र २० भदौमा दशरथ रंगशालामा हुनेछ । यसअघि एएफसी कप छनोटमा रहेका एटिके मोहन बंगान र बैगरुलु एफसीका खेलाडीलाई समेटेर प्रशिक्षक इगोर स्टिम्याकले टोली घोषणा गरेका हुन् ।

एटिके मोहन बंगानका खेलाडी बिहीबार नै कोलकात्ता पुगिसकेका छन् । बैंगरुलुका खेलाडी भने १३ भदौ टोलीमा सामेल हुनेछन् । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोली ३० अगस्ट (१४ भदौ) नेपाल आउनेछ ।

यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए ।

भारतीय टोलीमा गोलरक्षक गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह, डिफेन्डर राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव देसाई, शुभाशीष बोस, सेरिटन फर्नाण्डेज, मिडफिल्डर अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह, स्ट्राइकर मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट