कोरोना खोपबारे भारतका स्वास्थ्य मन्त्रीले गरे यस्ताे खुलासा-Sutra News

कोरोना खोपबारे भारतका स्वास्थ्य मन्त्रीले गरे यस्ताे खुलासा

बुधबार, ९ भाद्र २०७८

बुधबार, ९ भाद्र २०७८

नयाँ दिल्ली- भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधबार जानकारी दिएका छन् ।



केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्वीटरमार्फत बताएका छन् ।

यस महिनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोना भाइरसविरुद्धको खोप र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उनले थप जानकारी दिए ।

त्यसैगरी भारतमा अगस्ट २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ । पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यसैसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट