पालुंगो र टमाटरको जुस पिउँदा यस्ता फाइदा-Sutra News

पालुंगो र टमाटरको जुस पिउँदा यस्ता फाइदा

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- यतिखेर विश्व कोरोना भाइरससँग जुधिरहेको छ । दिन प्रतिदिन संक्रमित बढिरहेका छन् । भाइरसविरुद्धको खोप उत्पादन गरिए पनि यसको प्रभावकारीता र सहज पहुँच हुन सकिरहेको छैन । यस्तो अवस्थामा कोरोनाबाट बच्नका खानपानमा विशेष ध्यान पुर्याउनु अति आवश्यक छ । ताकी रोगसँग लड्न शक्ति बढोस् । यहाँ शरीरको प्रतिरक्षा बढाउने तरल पदार्थबारे चर्चा गरिएको छ । 



१. पालुंगो र टमाटरको जुस

पालुंगो र टमाटरमा क्याल्सियम, भिटामिन सी, आइरन, पोटासियम, एन्टी-अक्सिडेन्ट्स गुण हुन्छ । यसको जुस पिउनाले इम्यूनिटी बलियो हुनुको साथै कोरोना भाइरसबाट पनि बचाउँछ । यसको लागि १-२ कप टमाटर र पालुंगोको जुसमा १ सानो चम्चा अदुवाको रस मिलाएर पिउँदा हुन्छ ।

२.बेसार पानी 

दैनिक सुत्नु अघि मनतातो पानीमा थोरै बेसार मिलाएर खाँदा निकै फाइदाजनक हुन्छ । यसमा एन्टी-सेप्टिक, एन्टी-ब्याक्टेरियल, एन्टी-बायोटिक गुण हुन्छ । यसले शरीरको जोर्नी र शरीरको अन्य भागमा हुने दुखाइको समस्याबाट मुक्ति दिलाउँछ । साथै कोरोना जस्तो गम्भीर भाइरसको चपेटामा आउने खतरा कम हुने गर्छ ।

३. दही वा मही

गर्मीमा दहीको सेवन उत्तम मानिन्छ । उसले शरीरमा भएको गर्मीलाई हटाएर शितलता प्रदान गर्छ । इम्यूनिटी बढाउनुको साथै कयौं बिरामीबाट लड्ने शक्ति पनि प्रदान गर्छ । एक कचौरो दही वा मही सेवन गर्न सकिन्छ ।

४. गाँठ र गाँजरको जुस

यसमा ल्यूटिन, बीटा-क्यारोटिन, अल्फा एन्टी-अक्सीडेन्ट, एन्टी-ब्याक्टेरियल गुण हुन्छ । यस्तोमा दुवैको जुस बनाएर पिउँदा शक्ति प्राप्त हुन्छ । शरीरमा भएको फोहोर निकालेर राम्रो शारीरिक विकास हुन्छ । यसको जुस बनाउनको लागि दुवै  बराबर मिक्स गरेर पिस्ने । उक्त तयार जुसमा थोरै कागती पानीको रस मिसाएर सेवन गर्नु उत्तम हुन्छ । अनुवाद 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट