इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर-Sutra News

इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

तेहरान- इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या फेरि उच्च भएको छ ।



सरकारी अधिकारीहरूले आइतबार दिएको पछिल्लो विवरणअनुसार इरानमा कोरोनाका कारण एक दिनमा ६८४ जनाको मृत्यु भएको छ । योसँगै इरानमा कोरोनभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म एक लाख दुई हजार ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भाइरसबाट देशभरी अहिलेसम्म ४६ लाख ७७ हजार ११४ जना सङ्क्रमित भएको इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयले जनाएको छ ।

तीमध्ये ३६ हजार ४१९ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म ३९ लाख ३२ हजार ४७२ जना सङ्क्रमणमुक्त भएका छन् भने सात हजार ६६२ जना अझै पनि आईसीयूमा रहेका छन् ।

आइतबारसम्म एक करोड ६७ लाख १७ हजार ६८१ जनाले कम्तीमा एउटा खोप लगाएका छन् । तीमध्ये ५८ लाख ३० हजार ६५० जनाले दुवै खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट