बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु-Sutra News

बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

बुधबार, २७ साउन २०७८

बुधबार, २७ साउन २०७८

लण्डन- कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को संक्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ । अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।



गएको २४ घन्टामा १४६ जनाको यो संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो । उता अधिकारीले गत हप्ताको तुलनामा यसको संक्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।

यो समेत गरी अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ । कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन सरकारले भनिरहेको छ । संक्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट