यस्ता विषयमा छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक-Sutra News

यस्ता विषयमा छलफल गर्न ओलीले बोलाए स्थायी कमिटी बैठक

शनिबार, १६ साउन २०७८

शनिबार, १६ साउन २०७८

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।



एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङकाअनुसार आज दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ ।

बैठकमा तीन विषयमा छलफल हुने तामाङले जानकारी दिए ।

उनकाअनुसार केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी एवं पार्टी सदस्यता नवीकरण र वितरणका बारेमा बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट