१४ अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच-Sutra News

१४ अंकले बढ्यो नेप्से, ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच

सोमबार, ४ साउन २०७८

सोमबार, ४ साउन २०७८

साताको दोस्रो दिन आज सोमबार सेयर बजारको परिसूचक नेप्से करिब १४ अंकले बढेको छ ।



आज नेप्से १३. ९७ अंकले बढेर परिसूचक २९९४ अंकमा कायम भएको छ ।

हिजो ११ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम हिजोको तुलनामा सामान्य बढेको हो।

सिनर्जी पावर डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९ प्रतिशतले बढ्यो भने नेपाल इन्स्योरेन्सको मूल्य साढे ७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट