पोखरास्थित नमस्ते सामुदायिक प्रतिष्ठान १८ वर्षमा प्रवेश-Sutra News

पोखरास्थित नमस्ते सामुदायिक प्रतिष्ठान १८ वर्षमा प्रवेश

बिहिबार, २७ जेष्ठ २०७८

बिहिबार, २७ जेष्ठ २०७८

मानव सेवामा समर्पीत पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था २०६० साल जेठ २७ गते पोखरा ६ बैदाम निवासी संस्थापक अध्यक्ष भिष्मराज पौडेलको अग्रसरतामा स्थापना भएको थियो । पौडेलले संस्थालाई यहाँसम्म ल्याउन निक्कै मेहनत गरेको देखिन्छ ।



संस्थाको डेढ दशक यात्रामा कति आरोह/अवरोह आउदा पनि संस्थापक अध्यक्ष पौडेलले नआत्तिकन आफ्नो कर्म अगाडि बढाईरहेका छन्। कठिन अवस्थाका बालबालिकालाई आवासको व्यवस्था गर्ने उद्धेश्यले त्यतिबेला नमस्ते बाल गृहको रुपमा स्थापना भएको थियो। अहिले १९ वर्षमा प्रवेश गर्दा संस्थाले समाजका विविध पक्षमा काम गरिरहेको छ ।

संस्थाको मूल भावना नै ‘समाजको सर्वाङ्गिण विकासको निम्ति परोपकारी भावना’ रहेको सन्दर्भमा यसले बालगृह कार्यक्रम, उच्च शिक्षा, छात्रबृत्ति, महिला सशक्तिकरण, विधालय सहयोग, कान क्लिनिक, पर्यटन विकाश, प्राकृतिक विपत्ति, स्वास्थ्य क्षेत्र तथा कोभिड–१९ रोकथामका लागि काम गरिरहेको छ ।

हालसम्म बालगृह कार्यक्रम अन्तर्गत १ सय ६ बालबालिकाको उद्धार गरिएको संस्थाले जनाएको छ । सो मध्ये कुल ८६ जनालाई विद्यालय अध्ययन तथा रोजगार मुलक तालिम पश्चात समाजमा पुर्नस्थापना गरिएको संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यसरी उद्धार गरिएका बालबालिकाहरु अनाथ, असहय, जेल, सडक, ग्रामिण क्षेत्र, द्धन्दपिडित, घरेलु हिंसा पिडित, बाल श्रमिक, शारिरीक श्रोषणमा परेका थिए । हालसम्म संस्थाले १ सय ७६ जना बालबालिकालाई शैक्षिक छात्रबृत्ति प्रदान गरिसकेको छ । जसमा १ सय ६७ जनाले विद्यालय शिक्षा पुरा गरिसकेका छन्। यसैगरि बार्षिक ४० देखि ५० एकल महिलालाई निःशुल्क तालिम प्रदान गर्ने र हाल सम्म कुल २०६ महिलाहरुले ३ महिने सिलाई कटाई वा कृषि सम्बन्धी तालिम तथा मनोविमर्श कक्षा, व्यवसाय सुरु गर्ने आवश्यक अन्य ज्ञान पाइसकेका छन्।

 सन् २००९ देखि २०१४ का बीच २५ हजार बालबालिका तथा विभिन्न मानिसहरुले निःशुल्क कान परीक्षण, औषधी उपचार र केहीले शल्यक्रिया सुविधा प्राप्त गरिसकेका छन् । यस्तै, संस्थाले १६ सय जनालाई विदेशी स्वयंसेवकहरु लाई नेपालमा रही २ देखी ५ महिनासम्म समाज विकाशमा योगदान गर्न लगाएको र सोभन्दा बढी संख्यामा थप ब्यक्तिहरुलाई पर्यटकको रुपमा स्वागत गरि पर्यटन विकाशमा समेत सहयोग पु¥याएको छ ।

२०७५ सालमा आएको भुकम्पमा २ हजार परिवारलाई खाद्यन्न सहयोग, आपतकालीन बन्दोबस्तीका सामान, मेडिकल क्याम्प, ५५ वटा आपतकालीन घर निर्माण र करिब १६ सय बालबालिकालाई विधालय झोला तथा पाठ्यसामाग्री वितरण गरिएको थियो। कोभिड–१९ को महामारीको बेला पोखरा महानगरपालिका तथा लायन्स क्लबको सहकार्यमा लेखनाथ स्थित पुरानो नगरपालिका भवनलाई कोभिड अस्पताल बनाउन बेड, अक्सिजन मेशिन तथा अन्य अत्यावश्यक सामाग्री खरिदका लागि संस्थाले तीस लाख रुपैयाँ सहयोग गरेको छ ।

सो बाहेक कोभिड नियन्त्रण, उपचार तथा भावी उपयोगका लागी तथा सोको कारण समाजमा सृजना भएका समस्याहरु उपर अन्य विविध सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसका साथै हाल संस्थाकोजन्मोत्सब मनाउनको लागी लायन्स क्लब अफ पोखरा अभियानको सहकार्यमा जेष्ठ ९ देखी ११ गते सम्म पोखराको विपि चोकमा, दैनिक खाद्यन्न जोहो गर्न नसक्ने मानिसहरुका लागी खाद्यन्न वितरण कार्य गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट