थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु-Sutra News

थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि, १०१ जनाको मृत्यु

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।



सोही अवधिमा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  १०१ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट