कोरोना अपडेट- थप ६ हजार ८२५ जनामा संक्रमण, ७५ जनाको मृत्यु-Sutra News

कोरोना अपडेट- थप ६ हजार ८२५ जनामा संक्रमण, ७५ जनाको मृत्यु

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।



यही अवधिमा नेपालमा ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार ६३० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट